पोखरा । तनहुँ ऋषिङ गाउँपालिका वडा ४ भिरकोटका जित बहादुर घिमिरेलाई सालको दाउराले टाउकोमा हानेर हत्या गरेको आरोपमा सन्त बहादुर सुनार पक्राउ परेको छन् । आइतबार घाइते भएका घिमिरेको पोखराको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।
सुनारमाथी ७ दिनको म्याद थपेर अनुसंधान अघि बढाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-