म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालय भित्र पसेर एक जना युवाले खुकुरी नचाएका छन् ।
शुक्रबार करिब १२ बजेको समयमा डडुवाका सुवास कार्कीले विद्यार्थीले पढिरहेको अबस्थामा विद्यालय भित्र छिरेर प्राधानाध्यापक बस्ने कुर्ची र टेवलमा खुकुरी प्रहार गर्दा शिक्षक र विद्यार्थीहरु भागाभागको अबस्थामा पुगेका थिए ।
केही शिक्षकहरु कक्षा कोठा बाहिर बसेर अतिरिक्त क्रियाकलाप गर्ने नगर्ने बिषयमा छलफल गरिरहेको अस्बस्थामा कार्की खुकुरी लिएर विद्यालय प्रवेश गरेर सिधै प्राधानाध्यापक बस्ने कुर्ची र टेवलमा खुकुरी प्रहार गरेको प्र.अ. मिनबहादुर खत्रीले बताए ।
‘विद्यार्थीले पढिरहेको अबस्थामा आएर खुकुरी नचाउदा शिक्षक विद्यार्थी भागभाग हुने अबस्था आईयो’ उनले भने, टेवलमा खुकुरी हानेपछि ४ जना शिक्षकहरुले कार्कीले समाएको हतियार नियन्त्रणमा लिएका हुन् । मेरै कार्यकक्षमा तोडफोड गर्दा कतै म जदा झन समस्या हुने होला भनेर बाहिर नै बसे खत्रीले भने, शिक्षकहरुले हतियार नियन्त्रणमा लिएपछि कार्कीलाई शिक्षकहरुले नै घरमा पुराएर फर्किएका थिए ।’
‘बिद्यार्थीले पढिरहेको अबस्थामा आक्रमण गर्ने शैलिमा आएर विद्यालयमा खुकुरी नचाउदा हाम्रो सुरक्षामा समेत चुनौति देखिएको छ ।’ खत्रीले भन्नुभयो, कलम चल्ने विद्यालयमा खुकुरी चल्दा विद्यार्थीमा नकारात्म असर परेको छ ।
विद्यालयमा खुकुरी नचाउने कार्कीलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगेर नियन्त्रणमा लिईएको छ । रक्सी खाएर विद्यालयमा छिरेर खुकुरी नचाएको जानकारी आएपछि प्रहरी पुगेर कार्कीलाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । विद्यालयले कार्की विरुद्ध जायरी दिएको छ, त्यसको विषयमा दुई पक्षलाई नै राखेर छलफलपछि आवश्यक कारबाही अघि बढाउने उहाँले जानकारी दिए ।




























प्रतिक्रिया लेख्नुहोस्:-