चितवन । कालिका नगरपालिका ७ सगुन टोल बस्ने ५० वर्षीया कृष्ण कुमारी कुमाललाई इँटा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय गोरे कुमाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा कुमालले इँटा प्रहार गर्दा कृष्ण कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्ण कुमारीको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-