२०८२ माघ ४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओलीलाई चुनौती दिंदै पार्टी अध्यक्षमा भीम रावल दाबेदारी

गण्डकी प्रेस
मंसिर १३, २०७८ १४:३५ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
ओलीलाई चुनौती दिंदै पार्टी अध्यक्षमा भीम रावल दाबेदारी
27
SHARES
Share on FacebookShare on Twitter

चितवनमा एमालेको दशौं महाधिवेशन शुरू भएयता सबैभन्दा चर्चामा रहेका पात्र हुन् भीम रावल। चर्चाको मुख्य कारण हो– केपी शर्मा ओलीलाई चुनौती दिंदै पार्टी अध्यक्षमा उनको दाबेदारी।

बन्द सत्रले ओलीलाई सर्वसम्मत नेतृत्व चयनको जिम्मेवारी दिंदा विरोधमा उत्रँदै रावलले निर्वाचनमा जानुपर्ने अडान लिए। सर्वसम्मत रूपमा गरिने नेतृत्व छनोट गुट र टिके प्रथा भएको तर्क गर्दै उनले आफ्नो एकै भोट मात्र आए पनि निर्वाचनबाटै पराजित हुने बताइरहे।
आफू ओलीसँग पराजित हुने थाहा भए पनि रावलले किन चुनावकै रटान लगाइरहे तरु यसमा उनका केही स्वार्थ छन्। रावलको पहिलो उद्देश्य वरिष्ठ उपाध्यक्ष हुने थियो। यसका लागि शुरूमै ओलीसँग सहमति कायम गरेर उक्त पद सुरक्षित गर्न चाहन्थे। तर, ओलीले ‘रेस्पोन्स’ नगरेपछि उनले अध्यक्षमै उम्मेदवारी घोषणा गरे। उम्मेदवारी घोषणाभित्रको उनको रणनीति पनि वरिष्ठ उपाध्यक्ष पदको ‘बार्गेनिङ’ नै हो। त्यही रणनीतिलाई बल दिन उनले अध्यक्ष मण्डलको बैठकमा समेत ‘अलोकतान्त्रिक विधि’ बाट नेतृत्व चयन गर्ने विषय मान्य नहुने तर्क गरिरहे।

यो उम्मेदवारी घोषणाको दोस्रो कारण– रावल कुनै न कुनै रूपमा आफूलाई सधैंभरि चर्चाको शिखरमा राखिरहन चाहन्छन्। यसअघि पनि उनी ओली नेतृत्वको सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को विरोध गरेर चर्चामा रहे। यसपालि पनि ओलीलाई टक्कर दिने नेताका रूपमा चर्चा बनाइरहनकै लागि उनले नजितिने चुनावमा उम्मेदवारी दिएका हुन्।

एमाले विधान अनुसार ७० वर्षे उमेर हदका कारण रावलको यो अन्तिम कार्यकाल हो। उनी ११औं महाधिवेशनबाट कार्यकारी पदमा रहनेछैनन्। यो अवस्थामा ओलीसँग प्रतिस्पर्धा गर्दा चर्चामा रहिने र त्यसले राजनीतिमा धेरथोर लाभ प्राप्त हुने उनको बुझाइ छ।

एमाले विभाजन पूर्व रावल माधव नेपाल र झलनाथ खनाल समूहमा थिए। १० बुँदे सहमतिपछि एमालेमै रोकिएका उनले फेरिएको परिस्थितिमा आफूलाई ओलीले महत्त्व दिने ठानेका थिए। तर, रावलले सोचे जस्तो भएन। ओली उनीप्रति नरम देखिएनन्। यसमा रावलको पृष्ठभूमि कारण थियो। ओली नेतृत्वको सरकारको सबैभन्दा विरोध गर्ने उनै थिए। तत्कालीन नेकपामा पुष्पकमल दाहाल, माधव नेपाललाई ओली विरुद्ध उचाल्न रावलले भूमिका खेलेको ओलीपक्षको बुझाइ छ।

नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको भनाइमा पनि एमाले विभाजनका सूत्रधार रावल नै हुन्। त्यसका लागि विधान मस्यौदादेखि सम्पूर्ण कागजी प्रक्रियासम्मका काममा उनी खटिएका थिए। त्यस क्रममा उनले नेपाल पक्षलाई ओलीसँग छलफलमा नबस्न खबरदारी समेत गरेका थिए।

सम्बन्धित समाचार

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ
अपराध

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ
अपराध

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन
प्रमुख समाचार

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ
अपराध

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ