पछिल्लो समयमा कास्की जिल्लाको सुरक्षामा चुनौति देखिएको छ । बारम्बार कास्कीमा बारम्बार घटनाहरु भइरहेका छन् । प्रहरी स्रोतका अनुसार कास्कीमा पछिल्लो पटक धेरै घटनाहरु भएका छन् तर, सुरक्षामा निकै चुनौति भएको दाबि छ ।
गत २१ गते जिरोकिमी–विन्दवासिनी सडकको पस्र्याङस्थित गणतन्त्रचोकको जेव्राक्रसमा सवारीले ठक्कर दिँदा १४ बर्षिय शुभम खनालको मृत्यु भयो । तनहुँ दमौली घर भएका शुभमलाई ठक्कर दिने सवारीलाई कास्की प्रहरीले अझै पहिचान गर्न सकिरहेको छैन । यसरी नभेटिनु प्रहरीका लागि कुनै नौलो कुरा भने होइन् । यी त एक उदाहरणका घटनामात्रै हुन् ।
त्यस्तै तिहारको भाइ टिकाको दिनमा पोखरा सेदीमा पनि आसिष थापामाथि एक समूहले कुटपिट गरे । थापालाई कुटपटि गर्ने ५ जनालाई पक्राउ गरेपनि २ जना अझै फरार रहेको घाइतेका आफन्तले बताएका छन् । कुटपिट गर्ने अहिले फरार रहेका छन् ।
केही दिन अघि पोखरा ३० शिशुवाका बिर्जेश गुरुङमाथि खुकुरी प्रहार भएको थियो । उक्त घटनामा जाहेरी नपरेको भन्दै कास्की प्रहरीले पछिल्लो समयमा अनुसन्धान गर्न नै छाडेको छ ।
पोखरा १७ का कल्पना गुरुङ र बिमला छल्यालको पोखरा १७ का दिपेन रानासंग समान्य विवाद भएको थियो त्योपनि ३ वर्ष अघि । उनीहरुको विवाद तिहारको समायमा धेरै चुलियो । देउसी भैलो खेल्दा रकम लुकाएको भन्दै त्यतिबेला विवाद भएको थियो । सोही व्यक्तिले अहिलेपनि देउसी भैलो खेलाएकै निहुँमा झगडा हुन पुगेको थियो । २३ गते कल्पाना र विमला वडा प्रहरी कार्यालय बैदाममा उजुरी दिन आएका थिए । प्रहरीले दुवै पक्षको मिलापत्र गरेर पठाइदिए ।
२३ गते राती १२ बजे नै बिमला छत्यालको भाइ ससिन छत्याल र उज्वल बलामीमाथि मिलपत्र गरेका दिपेनका समूहले नै खुकुरी प्रहार गरेको पिडितका आफन्त बताउछन् । घाइतेको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । ससिन छत्यालको टाउकोको पछिल्लो भागमा गहिरो चोेट लागेको छ । अहिलेसम्म उनको होस आएको छैन । उज्वल बलामीको भने टाउको र हातमा चोट लागेको छ । बुधबार दिउँसो मात्र उनको होस आएको हो ।
उक्त घटनामा नै रोशन नेपाली सामान्य घाइते भएका छन् । नेपालीलाई कुटपिट गर्न लाग्दा आमाले जोगाएकी थिएइन । उक्त घटनामा रोशनको आमाको १ तोला सुन हराएको पिडीतको भनाइ छ । उक्त घटनामा ९ जना युवाले उनीहरुमाथि कुटपिट गरेको पिडितको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएपी सुवास हमालले घटनाको विषयमा अनुसंधान भैरहेको बताए । चार्डपर्व भएको कारण पनि केही घटना बढेको उनको भनाइ छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-