बाग्लुङ १६ कात्तिक । बडीगाड गाउँपालिका ४ जलजलास्थित कोप्चे भिरको जंगलबाट ५ थान एक नाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले गस्ती गर्दै जानेक्रममा उक्त जंगलमा वेवारिसे अवस्थामा रहेका ती भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-