पोखरा १२ कात्तिक । पोखरा ११ का निवासी श्री प्रसाद बस्तोलाले विहान ३ बजे आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमाल र पोखरा ११ का वडाध्यक्ष महोन बास्तोलाले जानकारी दिएका छन् ।
साथै आत्महत्या अघि श्री बास्तोलाले केही व्यक्तिका कारण आफुले यस्तो निर्णय लिन बाध्य भएको लेखेका छन् । श्री बास्तोलला आफ्नो फेसबुकमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, श्री प्रसाद कै श्रीमती सृजना बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गरुङ आदीले आफुलाई गम्भिर षडयन्त्र गरेर फसाएको लेखेका छन् ।

२ वर्ष अघि विश्वराज बास्तोलाले पोखरा ११ भाष्कर मेमोरीयल एकेडमीमा पढ्ने एक छात्रालाई दुव्यवहार गरेको आरोपमा पक्राउ परेको थिए । सोही घटनालाई लिएर आफुमाथी विभिन्न षणयन्त्र गरेको उनले फेसबुकमा लेखेका छन् ।
उनले फेसबुक लेखेअनुसार उनकै श्रीमति सहितले यौन भिडियो बनाइ फसाउन लागेको साचो रहेको समेत लेखेका छन् । साथै घटनाको निश्पक्ष छाबिन गर्नको लागि उनले माग गरेको ।






























प्रतिक्रिया लेख्नुहोस्:-