काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ६ सय ६६ जनालाई कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार १२ हजार २० जनामा परीक्षण गर्दा ६ सय ६६ जनालाई कोरोना भएको हो।
मन्त्रालयका अनुसार यस अवधिमा थप ११ जनाले ज्यान गुमाएका छन्। मंगलबारसम्म नेपालमा १० हजार २९३ जना सक्रिय संक्रमित उपचाररत छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय २२ जना डिस्चार्ज भएका छन्।



























प्रतिक्रिया लेख्नुहोस्:-