चार वर्षपछि एक जना वडाध्यक्षको मत परिणाम उल्टिएको छ। मत परिणाम उल्टिँदा त्यसबेला पराजित उम्मेदवार विजेता बनेका छन्।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख दिवाकर भुजेलले महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को आइतबार पुन: मतगणना हुँदा पहिलेका पराजित स्वतन्त्र उम्मेदवार रमेश रायले बढी मत प्राप्त गरेको जानकारी दिए । उनले सर्वोच्च अदालतको आदेशमा भएको पुन: मतगणनामा त्यसबेला विजेता घोषित अरुण चौधरीको रुख छापमा २६६ र पराजित भएका रायको पानको पात छापमा २६८ मत पाइएको बताए ।
गत २०७४ साल असोज २ गते सम्पन्न निर्वाचनमा दुवै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरीलाई निर्वाचित गरेको थियो। त्यसबेला पराजित रायले पुन: मतगणनाको माग गर्दै उच्च अदालत जनकपुरधाममा दिएको मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते पुन: मतगणना गर्ने आदेश दिएको थियो। गोरखापत्रमा खबर छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-