स्याङ्जा १९ असोज । विभिन्न मितिमा ७ थान मोटरसाइकल र २ थान स्कुटर चोरी भएको घटनामा संलग्न ४ जनालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा भिरकोट नगरपालिका २ बस्ने २० वर्षीय बिप्लब श्रेष्ठ, २० वर्षीय ज्ञान बहादुर गुरुङ, रुपन्देही बुटवल उपमहानगरपालिका १२ बस्ने ३४ वर्षीय बिष्णु बहादुर नेपाली र सोही उपमहानगरपालिका ११ बस्ने २८ वर्षीय प्रकाश सिन्धौली सार्की रहेका छन् ।
उनीहरू उपर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-