काठमाडौं २५ भदौ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ परेका छन् ।
अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरु पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार अनुसार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
उपाध्यक्ष सुमारको नेपाल भ्रमणका बेला प्रदर्शन, कालो झण्डा देखाउने जस्ता गतिविधि हुनसक्ने भन्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । त्यसक्रममा एमसीसी विरोधी अभियान चलाउनेहरुलाई सुमार काठमाडौं आइपुग्नु अगावै पनि पक्राउ गरिएको थियो ।
सुमार फर्किएपछि पक्राउ परेकाहरुलाई पनि छाडिने प्रहरी स्रोतले बतायो । बिहीबार बिहान ९:२० बजे काठमाडौं आइपुगेकी सुमारले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाललाई भेटिसकेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-