पोखरा २२ भदौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पोखरा महानगर पालिकाको नगर सभापतिमा हालका पोखरा महानगर पालिका वडा नं। ११ का वडा अध्यक्ष मोहन प्रसाद वास्तोलाले उम्मेदवारी घोषण गरेका छन । काग्रेसको तर्फबाट गत स्थानिय चुनावमा विजयी भइ जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका वडा नं।११ को नेतृत्व समाल्दै आएका वास्तोलाले काग्रेसलाई आउदो स्थानिय चुनावमा पोखराको १ नं। पार्टीको रुपमा स्थापित गर्ने रणनितिका साथै आफ्नो राजनितिक यात्रा पोखरा महानगर भर विस्तार गर्न उम्मेद्वारी घोषण गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए । स्थानिय जनप्रतिनिधिका रुपमा पोखरा महानगर पालिका आइसकेपछि पोखरा महानगरपालिकाको विकास समिति संयोजक र वातावरण तथा विपद व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्दा आफुले ३३ वटै वडामा पार्क निमार्ण , मठ मन्दिर तथा क्रियापुत्री भवन निमार्ण तथा संरक्षणलाई जोड दिएको बताए । महानगर पालिका भित्रको अनेकांै व्यथितिहरुलाई चिर्न पनि काग्रेस आगामी चुनाबमा पहिलो पार्टी भएर आउनै पर्ने उनले बताए । आफु कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि वास्तोलाले स्पष्ट पारे । कार्यक्रममा विभिन्न वडाबाट क्षेत्रिय प्रतिनिधिमा निवार्चित सदस्य , पार्टीमा आवद्ध विभिन्न व्यक्तित्व र पत्रकारको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता हालै नेपाली काग्रेस वडा नं। ११ को सभापतिमा निवार्चित हरि प्रसाद बास्तोलाले गरेका थिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-