काठमाडौं २० भदौ । संखुवासभा, चिचिला गाउँपालिका १ पात्लेस्थित सडकमा प्र।०१-०२-००१ ख ८०८३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्रक चालक धनकुटा लेगुवा बस्ने २८ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकमा सवार अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत एसएसएनआर कम्पनीमा काम गर्ने ११ जनामध्ये ७ जनालाई जिल्ला अस्पताल खादबारी पठाएकोमा ४ जना सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन् भने ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा सुनसरी पठाइएको छ ।
तनहुँ, बन्दिपुर गाउँपालिका १ स्याउली चिसापानीस्थित सडकमा ग१ त ३११६ नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २३ वर्षीय सुदिप कपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-