पोखरा २० भदौै । ३ महिना अघि पोखरामा एउटा मिक्सचर दुर्घटनामा पर्यो । पोखरा १८ सराङकोटबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको मिक्सचर मेथलाङमा दुर्घटना हुँदा सहचाल पोखरा १४ चाउथेका निरोध थापाको मृत्यु भयो ।
मिक्सचर चालक धनगढि कैलाली १ घर भई पोखरा ५ बस्दै आएका ३५ वर्षिय राजन सिंह भाइते भए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार गरियो ।
बिहान करिब १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मिक्स्चर आफै अनियन्त्रित भई सडकको बायाँ तर्फ नालीमा पल्टिएको थियो । चालक घाइते भएकै अवस्थामा घटनाका बारेमा अनुसन्धान चल्यो ।
चालक सिंह उपचार गरेको ४७ दिन पछि जिल्ला प्रहरी कार्यालय कास्कीमा हाजिर भए । दुर्घटना भएको कारण नै उनले सजाय पाउनेवालामा थिए ।
उनी उपर अनुसन्धान चलिरहेको थियो । आफू कार्वाहिका लागि तयार रहेको भन्दै हाजिर भए । उनलाई थुनामा राखेको ६ दिनपश्चात कोरोना संक्रमण देखा पर्यो ।
प्रहरीले होम आइसोलेसनमै बस्ने गरी छाडिदियो । कोरोना देखिएको १२ दिन पश्चात अर्थात साउन २९ गते पुन : जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन पुगे ।
उनलाई हिरासतमा राखियो । हिरासतमा राखेरै अनुसन्धान गरिरहँदा उनले प्रयोग गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै नक्कली रहेको पुष्टि भयो ।
सिंहसित मोटरसाइकल, मोपेड र स्कुटरको मात्र सक्कल लाइसेन्स रहेको देखियो । बागमति यातायात व्यवस्था कार्यालयबाट जारी गरिएको ०१–०६–००६८०७२७ नंम्बरको स्मार्ट लाइसेन्स अर्कैको नाममा रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
‘पोखरा ७ का राजन श्रेष्ठको नाममा रहेको लाइसेन्सको प्रयोग भएको भेटियो । हामीले सबै मिसिल तयार पारी केन्द्रमा पठाएका छौ’ उनले भने ।
बागमतिबाट जारी भएकाले लाइसेन्स सम्बन्धि काम अब उतैबाट हुन्छ हमालले बताए । सिंहले प्रयोग गरेको लाइसेन्समा मोटर साइकल देखि कार, जिप, ट्रक, बस लहरीसम्म चलाउन पाउने अनुमति रहेको छ ।
विशेषगरी सवारीको ट्रायल परिक्षामा फेल भएकाहरुले ठुलो रकम दिदैँ लाइसेन्स बनाउँदै आएको प्रहरीको भनाइ छ ।
गत वर्ष सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका घर भएका आशिष गिरीलाई प्रहरीले फर्जी लाइसेन्स बनाएकै कारण पक्राउ गरेको थियो आशिषले मागेजति पैसा दिए सक्कली लाइसेन्स घरमै पुर्याइदिने गर्दथे ।
ट्राफिक महाशाखा र भक्तपुर परिसरबाट खटिएको प्रहरी टोलीले थिमी नगरपालिका–६ बाट पक्राउ गरेको थियो ।
उनले नेपालमा चर्चित फुटबलर सन्तोष साहुखलको लाइसेन्स नम्बरमा अर्कै विवरण भरेर फर्जी लाइसेन्स बनाइदिएका थिए ।
साहुखल हाल जापानमा रहेका छन् । उनको लाइसेन्स २०७२ सालमा नवीकरण गर्नुपर्ने थियो । नवीकरण नगर्दा उनको लाइसेन्स खारेज भएको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-