काठमाडौँ १७ भदौ । नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिडका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोभिडमुक्त भएका छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-