पोखरा १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला उक्त अस्पतालले गरेको तयारी बारे जानकारी लिन मुख्यमन्त्री आकस्मिक रुपमा अनुगमनमा निस्केका हुन् ।
मुख्यमन्त्रीले कोभिड वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन आपुर्ति केन्द्र, मेडिकल वार्ड, प्रसूति वार्ड र एनआइसियु वाड अनुगमन गरी बिरामीसँग अन्तक्रिया समेत गरे । तेस्रो लहरको प्रभाव बालबालिकामा हुने अनुमान गरिएकामा अस्पतालले त्यही अनुसारको तयारी गर्न मुख्यमन्त्री पोखरेलले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जनशक्ति, अक्सिजन लगायत अन्य व्यवस्थापनका लागि प्रदेशले सघाउने भन्दै मुख्यमन्त्री पोखरेलले गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । निम्न आय भएका बिरामीहरु सरकारी अस्पतालमा नै आउने भएकाले कोभिडका अतिरिक्त अरु बिरामीको उपचारमा पनि ध्यान पुर्याउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
संघ मातहत रहेको अस्पतालले प्रदेशसँगको समन्वयमा कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि काम गर्दै आएको छ । कोभिडको उपचारका कारण अन्य बिरामी समस्यामा परेको गुनासो बढेपछि अहिले अस्पताले व्यवस्थापन गरेको निर्देशक डा. भरत खत्रीले बताए । गण्डकीका सबै जिल्ला र अन्यत्रबाट समेत गण्डकी अस्पतालमा बिरामी आउने गरेका छन् ।
उक्त अवसरमा प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले क्षेत्रीय अस्पतालमा बिरामीको चाप कम गराउन जिल्ला अस्पतालहरुसँग समन्वय गर्दै आएको बताए । अहिले अस्पताल परिसरमै अक्सिजन प्लान्ट स्थापना भएर वार्डहरुमा आपुर्ति समेत सुरु भएको छ । कोभिडका बिरामी बढी भएको अवस्थामा जगेडा सिलिन्डर प्रयोग गर्ने गरी प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको उनले जानकारी गराए ।
प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी रहेको कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. विनोदबिन्दु शर्माले अस्पतालमा आइलागेका समस्या समाधानका लागि आफूहरु तत्पर रहेको भनाइ राखे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-