काठमाडौं १६ भदौ । बारा, सिम्रौनगढ नगरपालिका ६ स्थित बिधायक होटेलबाट मेड ईन युएसए लेखिएको म्याग्जिन सहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिन सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादब र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् । उक्त होटलमा हतियार सहित २ जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका ६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई मेड ईन युएसए लेखिएको १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र १ थान खुकुरी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रमाईलो र सशस्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट समेत खटिएको टोलीले उनको घरमा तलासी गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-