एजेन्सी । अफगानिस्तानबाट अमेरिकी फौज बिदा भएसँगै तालिवानले देश पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। तालिवानले कसरी राज्य सञ्चालन गर्ला भन्ने विश्वव्यापी कुतूहल बढिरहेको छ। तर, अपदस्त सरकारका पूर्वअधिकारीहरूले भने तालिवानको जन्म कसले गराएको भनेर टिप्पणी गर्न थालेका छन्।
एक पूर्वकूटनीतिज्ञले भारतलाई प्रतिसन्तुलनका लागि पाकिस्तानले तालिवान जन्माएको आरोप लगाएका छन्।
अफगानिस्तानका पूर्वउपविदेशमन्त्री एवं अस्ट्रेलिया र संयुक्त राष्ट्रसंघका लागि राजदूत मोहमुद सैकलले पाकिस्तानी पूर्वराष्ट्रपति परबेज मुसर्रफलाई उद्धृत गर्दै भनेका छन्, ‘मुसर्रफका अनुसार पाकिस्तानले ऊविरुद्ध भारतले गर्ने आक्रमणको मुकाबिला गर्ने कार्यको प्रतिसन्तुलनका लागि तालिवानको जन्म गराएको हो। अहिले प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानी जनताले गुलामीबाट मुक्त पाएको प्रतिक्रिया दिन थालेका छन्। उनका विदेशमन्त्री मोहम्मद शाह कुरेसी अन्तर्राष्ट्रिय रूपमा तालिवानको समर्थनका लागि लविङ गर्न व्यस्त छन्।’
सैकलले द सन इन द स्काई, पाकिस्तानका आइएसआई तथा अफगानिस्तान विद्रोहीबीचको सम्बन्ध शीर्षकमा लेखिएको शोधपत्र पनि उल्लेख गरेका छन्। उक्त शोधपत्र मेट वाल्डम्यान केयर सेन्टर फर ह्युमेन राइट्स पोलिसी केनेडी स्कुल अफ गभर्मेन्ट, हार्वर्ड विश्वविद्यालयले तयार पारेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-