काठमाडौं १० भदौ । माधव नेपालको नेतृत्वमा दर्ता भएको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । आयोग कार्यालयका सचिव सुरेश अधिकारीले नेपाल नेतृत्वको दललाई प्रमाणपत्र दिएको हो ।
एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन गरेका हुन् । आयोगले दलको मान्यता दिएसँगै अब नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।

यता निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा लाई मान्यता दिएको छ। आयोगले बुधबार ठाकुर नेतृत्वको दललाई दलको प्रमाणपत्र दिएको छ । लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।
सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश अनुसार ठाकुरको नेतृत्वमा नयाँ दलको लागि निवेदन दिइएको थियो । आजमात्रै आयोग पुगेर १४ जना सांसद र १७ जना कायकारिणी समिति सदस्यले सनाखत गरेका थिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-