काठमाडौं ९ भदौ । राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “बिवाद समाधान छानविन समिती” ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको बर्तमान अवस्थामा संघ भित्र भउको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क, कानुन शाखाका प्रमुख नारायण राज अर्याल र सचिवमा संघ संस्था सवन्वय शाखाका प्रमुख सरोज पोखरेल गरि ७ सदस्य “ बिवाद समाधान छानविन समिती” गठन गरेको थियो । परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले उक्त समितिलाई सत्य तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको थियो ।
प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको बिस्तृत अध्ययन पश्चातमात्र यथार्थ स्थितीका बारेमा बताउन सक्ने बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-