धनुषा ८ भदौ । आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका ५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेक छ ।
घरायसी विवादको कारण भागेश्वरले गएराति कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब १ सय मिटर टाढा रहेको आँपको बगैँचामा खाल्डो खनेर पुरी माथिबाट घिरौलाको लहराले छोपिराखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले खाल्डो उत्खनन गर्दा उनीहरूको शव फेला पारेपछि भागेश्वरलाई पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-