काठमाडौं ५ भदौ । सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका ३ हरीनगरस्थित भित्री सडकमा प्रदेश २-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका ४ ब्रहम्पुरी बस्ने ३६ वर्षीय राम उदगार मुखियाको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका १२ भिमटारस्थित सडकमा ना.६ त १८०७ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका ७ देउराली बस्ने अर्जुन आचार्यको छोरा १४ वर्षीय सुदिप आचार्यको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-