काबुल– अफगानिस्तान तालिबानलाई सुम्पिएर देश छाडेर भागेका पूर्व राष्ट्रपति अशरफ घानीको समस्या झन्–झन् बढ्दै गएको छ ।
ताजिकिस्तानमा रहेको अफगानिस्तानको राजदूतावासले इन्टरपोलसंग अशरफ घानीलाई पक्राउ गगर्न अपिल गरेको छ । अशरफ घानी र उनका साथीहरुले देशबाट पैसा लिएर भागेको दूतावासको आरोप रहेको छ । त्यसैले उनलाई तुरुन्त पक्राउ गर्न अपील गरिएको हो ।
त्यसपछि अन्तराष्ट्रिय कोर्टमा यस बारेमा निर्णय गरिने छ । अफगानी दूतावासले अशरफ घानीबाहेक हमदल्लाह मोहेब र फजल महबूद फाजिललाई पनि पक्राउ गर्न अपील गरेको छ । जब तालिबानले अगस्ट १५ का सदन अफगानिस्तानको राष्ट्रपति भवनमा हमला गरे, त्यो भन्दा अगाडि नै अशरफ घानी देश छाडेर भागिसकेका थिए ।
अशरफ घानीले आफुसंगै कार र हेलिकप्टरहरुमा पैसा लिएर गरेको स्थानिय रिपोर्टले दावी गरेको छ । यी आरोपहकाबीच अशरफ घानीलाई ताजिकिस्तान ओर्लन दिइएन, जसका कराण उनी कतारमा रोकिएका छन् र छिट्टै उनी अमेरिका जान सक्ने समाचारमा जनाइएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-