बर्दिया २ भदौ । गुलरिया नगरपालिका ८ भादा पुलबाट कागजपत्र बिलभरपाई नभएका करिब ६ लाख ४८ हजार ५ सय ५ रुपैयाँ मूल्य बराबरको ८६.६४ ग्राम सुन सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका ७ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह र सोही नगरपालिका ३ बस्ने २३ वर्षीय अशोक लोध रहेका छन् । उक्त स्थानमा अगाडि लु ६२ प ६२२६ र पछाडी लु ६२ प ६८२६ नम्बर लेखिएको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिक्कीभित्र उक्त परिमाणको सुन फेला पारी स्कुटरमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-