काठमाडौं १ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ६८९ नमूनामा गरीएको परिक्षणमा ३२ सय ७४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
११ हजार ५६५ नमूनाको पीसीआर गर्दा २४ सय ५६ र ६ हजार १२४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ८१८
जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा १९ सय २९ जना कोरोनामुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ४४ हजार ५२८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हाजर ८७१ पुगेको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-