काठमाडौं १ भदौ । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार १०० ले घटेको सुनको भाउ मंगलवार ४०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९१ हजारमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला ४०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९० हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला १ हजार २०० मा कारोबार भएको चाँदी मंगलवार १० ले घटेर १ हजार २१० किनबेच भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-