तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ ।
धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ ।
केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
सोमबार नै उडिरहेको विमानबाट दुई जना मानिसहरु बाहिरिएका छन् । भने विभिन्न ठाउँहरुमा मानिसहरुको पीडादायक तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । आइतबार साँझ राष्ट्रपति अशरफ घानी देश छाडेपछि त्यहाँका हजारौ मानिसहरु देश छाडेर बाहिरिने क्रम बढेको हो ।

































प्रतिक्रिया लेख्नुहोस्:-