पोखरा ३१ साउन । पृथ्वी नारायण क्याम्पसका आइटी विद्यार्थीले परिक्षा हलमा तालाबन्दी गरेका छन् ।
कोरोना महामारीको समयमा समेत भौतिक रुपमा परिक्षा गर्न लागेको भन्दै विद्यार्थीले ताला लगाएका हुन् । आइतबार तेस्रो वर्षको परिक्षा अन्तरगत सफ्टवेयर इन्जिनियरिङ विषयको पहिलो परिक्षा सुरु हुनै लाग्दा परिक्षा बहिस्कार गर्दै तालाबन्दि गरेका हुन् । पृथ्वीनारायण क्याम्पस सहित पोखराका अन्य क्याम्पसमा समेत परिक्षा रद्द भएको छ ।
बिद्यार्थीले एक हप्ता अघि देखि नै अनलाइन परिक्षा लिन क्याम्पसलाइ आग्रह गर्दै आएका थिए । तर, त्रिभुवन विश्वविद्यालयले परिक्षा भौतिक रुपमा गर्ने गरी तयारी गरेको थियो । पोखराको पृथ्वीनारायण सहित सोच कलेज अफ आइटी र माउन्ट अन्नपूर्ण क्याम्पसमा परिक्षा रद्द भएको हो ।
पृथ्वी नारायण क्याम्पसमा परिक्षा वहिस्कार गरेका शंकर लामिछानेले अनलाइन परिक्षाको माग गर्दै परिक्षा वहिस्कार गरेको बताए । ‘हाम्रो माग भनेको अनलाइन परिक्षा गर्नुपर्छ भन्ने हो । हामी ८ –९ दिन देखि आन्दोलनमा छाँै’ उनले भने,‘ महामारी पछि कलेजहरुको परिक्षा लिने शैलि फेरिएको छ । विएडमा पनि अनलाइन परिक्षा भयो । हामी त झन् आइटी विद्यार्थी अनि हाम्रै हुन सकेको छैन भने अरुको के कुरा गराइ भयो र ?
यस्तै अर्का परिक्षार्थी श्रीकृष्ण लामिछानेले पोखराका सबै आइटी परिक्षा रद्द भएको बताए । ‘हामीले यो बहिस्कार किन गरेका हौँ भने, हामीलाइ मात्र हेरेर होइन टियुको सिस्टमलाइ हेरेर गरेका हौँ’ उनले भने,‘अघिल्लो पटक नै टियुले व्याकअप सोचेर गरेको भए यसो हुने थिएन । नेपालमा मात्रै अनलाइन माध्यमबाट परिक्षा नहुने हो । विदेशमा त अघिपछि समेत अनलाइन बाटै परिक्षा हुन्छ ।’
पृथ्वीनारायण क्याम्पसका प्रमुख सरोज कोइरालाले त्रिभुवन विश्वविद्यालयले कुनैपनि हालतमा अनलाइन परिक्षा संचालन नगर्ने बताए । उनले आफूहरुसंग परिक्षाका संचालन बाहेक कुनै अधिकार नभएको बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-