काठमाडौं २९ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार ११ हजार ७ सय ८ जनामा पीसीआर माध्यमबाट परीक्षण गर्दा २ हजार ७ सय ६३ संक्रमित भएका छन् ।
त्यस्तै, ६ हजार ८ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ जनामा संक्रमण भएको पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार १ सय १८ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-