२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दैनिक १ लाख ५० हजार देखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी

खोप खरिदका लागि बजेटको अभाव हुँदैन : अर्थमन्त्री शर्मा

गण्डकी प्रेस
साउन २९, २०७८ १०:०० मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं २९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दै सांसदहरूले सबै नेपालीलाई खोपको सुनिश्चितता गर्न गरेको मागको प्रतिउत्तरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यस्तो दाबी गरे ।

उनले नेपालका लागि कुल ५ करोड ५० लाख मात्रा खोपको आवश्यकता पर्ने धारणा राख्दै अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख मात्रा खोप जनतालाई उपलब्ध गराइएको र नयाँ सरकार आएपछि बुधबारसम्ममा ७५ लाख मात्रा खोप लगाइएको जानकारी दिए । उनले कोरोनाको संक्रमण बढेको १६ जिल्लामा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिँदै निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखीभन्दा पनि सेवामुखी बनाउनेमा सरकार केन्द्रित हुने बताए ।

बैठकमा सांसदहरूले सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिता दिए पनि सबै नेपालीलाई पुग्ने गरी खोप ल्याउन नसकेको भन्दै तत्काल पर्याप्त खोप ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गर्न सरकार असफल भएको टिप्पणी गर्दै खोप वितरणलाई सहज बनाउन पनि आग्रह गरेका थिए ।

बैठकमा सांसद गगन थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको बताए । उनले जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेकोमा असन्तुष्टि जनाए ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिक र विदेश जानका लागि खोप लगाउने नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन ।
सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा म:म पसलमा खोप पाइने गरेको बताउँदै खोपमा अनियमितता हुने गरेको आरोप लगाए ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले हालसम्म कुल जनसंख्याको १५.५ प्रतिशत अर्थात् २८ लाख ८८ हजार ३ सय ६० जनाले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको बताए । उनले भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेर माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको जानकारी पनि दिए । राज्यमन्त्री श्रेष्ठले थप तीन करोडभन्दा बढी मात्रा खोप किन्ने प्रक्रियामा सरकार रहेको जानकारी दिँदै असोज मसान्तसम्म एक करोड मात्रा आपूर्ति हुने दाबी गरे ।
भारतबाट आउनुपर्ने १० लाख मात्रा कोभिसिल्ड पनि चाँडै प्राप्त हुने बताउँदै खोपलाई दुरूपयोग गर्ने र तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गरिने बताए । राज्यमन्त्री उमेश श्रेष्ठले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने जानकारी पनि दिए ।

उनले कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको बताउँदै अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने बताए । धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिइएको उल्लेख गर्दै उहाँले सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिए । कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीर रहेको बताउँदै उनले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिका केन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए ।

खोप खरिदका लागि बजेटको अभाव हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोपको व्यवस्था गरिने बताए । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको जिकिर गर्दै उहाँले खोप ल्याउने कार्य तीव्र गतिमा अगाडि बढेको बताए ।

सबै नागरिकलाई खोप दिएर मात्र कोरोना नियन्त्रण हुने स्पष्ट आधार देखिएको उल्लेख गर्दै उनले भने –‘खोप खरिदका लागि बजेट अभाव हुँदैन, जे–जति बजेट लाग्छ त्यो दिन अर्थ मन्त्रालय तयार छ ।’ बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री शर्माले कोभिड महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी नेपाली जनजीवनमा सकारात्मक परिवर्तन र समृद्धि ल्याउनमा वर्तमान सरकारको प्रयास केन्द्रित रहने बताए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL