काठमाण्डौ २९ साउन । काठमाण्डौ उपत्यका भित्रका वाग्मती र यसका सहायक नदी किनारामा बेवारिसे अवस्थामा राखिएका पुराना गाडी तथा निर्माण सामग्री तत्काल नहटाए लिलामी हुने भएको छ ।
सहरी विकास मन्त्रालय अन्तरगतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर अबको १५ दिन भित्र नदी किनारामा राखिएका पुराना गाडी र निर्माण सामग्री हटाउन भनेको हो ।
यसअघि गएको वर्ष पनि यस्तो आग्रह गरे पनि अटेर गरेको पाइएको भन्दै समितिले अबको १५ दिनभित्र नदी किनाराको मापदण्डभित्र अनधिकृत रुपमा राखिएका पुराना गाडी र निर्माण सामग्री नहटाए लिलामी गर्ने जनाएको छ ।
नदीको दायाँ बायाँ किनारामा सौन्दर्यीकरण र अन्य निर्माणका काममा बाधा पुगेकाले तत्काल यस्ता सामग्री हटाउन समितिले आग्रह गरेको हो ।


























प्रतिक्रिया लेख्नुहोस्:-