२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चतुर प्रचण्डको अर्को चुनाव जित्न यस्तो छ अग्रिम तयारी

गण्डकी प्रेस
साउन २८, २०७८ १५:५८ मा प्रकाशित
राजनिती, समाचार, समाज
चतुर प्रचण्डको अर्को चुनाव जित्न यस्तो छ अग्रिम तयारी
29
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं २८ साउन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोखिम मोल्न सक्ने नेता हुन् । उनले जनयुद्धको नेतृत्व गरेर जोखिम मोले, शान्ति प्रक्रियामा आउनले जोखिम मोले र संसदीय राजनीतिमा पनि उत्तिकै जोखिम मोलेका छन् । कतिपय अवस्थामा उनले धक्का खाएका छन् । कतिपय अवस्थामा लाभ लिन सकेका छन् ।

प्रचण्डको अर्को विशेषता पार्टी नै बिघटन गर्ने हो । उनी आफैले पटक पटक पार्टी बिघटन गरेर नयाँ सुरु गरेको गर्वका साथ सुनाउने गरेका छन् । जनयुद्ध गरेको पार्टी नेकपा माओवादी उनैले बिघटन गरेर एकीकृत कम्युनिस्ट पार्टी बनाएका थिए । उनी कुनैपनि बखत पार्टी बिघटन गरेर अगाडि बढ्ने स्वभावका छन् । यसको मुख्य कारण उनीभित्रको आत्मविश्वास, साहस र करिश्मामयी व्यक्तित्व पनि हो ।

प्रचण्डमा रणनीतिक चार्तुयता निकै देखिन्छ । उनले जनयुद्धकालमा असफल हुन लाग्दा माओवादीलाई चर्तुयाईका साथ जोगाएका छन् । स्वेदश र विदेशका शक्तिहरुसँग चार्तुयता देखाउन सफल भएको देखिन्छ ।

तेस्रो जनआन्दोलनपछि माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएर संविधानसभामा पहिलो स्थान हासिल गर्न सफल भयो । प्रचण्ड प्रधानमन्त्री भए । तर, उनले भन्दै आएको सत्ता कब्जाको रणनीतिमा सेनापति प्रकरणमा धक्का लाग्यो । माओवादीको विभाजन र दोस्रो संविधानसभाको चुनावमा पहिलोबाट तेस्रो दल बन्यो ।

प्रचण्डले तेस्रो दल हुनाको बाबजुद आफूलाई निर्णायक शक्तिको रुपमा उभ्याए । उनी दोस्रो संविधानसभा कालमा पनि प्रधानमन्त्री बन्न सफल भए । रणनीतिक चार्तुयता देखाइरहे ।

संविधान निर्माणपछि माओवादी निकै कमजोर हालतमा थियो । स्थानीय निकायको निर्वाचनमा तल्लो तहमा बलियो संगठन भएका नेपाली काँग्रेस र नेकपा एमालेसामु प्रचण्डलाई मुश्किल थियो । उनले केपी शर्मा ओलीसँगको सहकार्य तोडेर शेरबहादुर देउवासँग सहकार्य गरे । स्थानीय निकायको चुनावमा काँग्रेससँग आन्तरिक रुपमा कुरा मिलाएर बढीभन्दा बढी स्थानमा जनप्रतिनिधि निर्वाचित गराउन सफल भए ।

प्रचण्डले भरतपुरमा छोरी रेनु दाहाललाई मेयरमा चुनाव जिताउन सके । भरतपुरमा देउवाको ठाडो निर्देशनमा काँग्रेस उम्मेदवारले मनोनयन दर्ता फिर्ता लिएका थिए । देउवा आफै रेनुको प्रचारमा पुगेको घटना राजनीतिकवृत्तमा चर्चामा आयो ।

देउवासँग गठबन्धन बनाएका प्रचण्डले संसदीय चुनाव आउँदै गर्दा रणनीति परिवर्तन गरे । देउवा सरकारमा रहनुका बाबजुद ओलीसँग सहकार्य गरेर माओवादीलाई चुनावमा होमे । एमाले र माओवादीबीच ६० र ४० प्रतिशत सिट बाँडेर चुनाव लडे । निकै कमजोर हालतमा रहेको माओवादी केन्द्रलाई क्षमताभन्दा बढी सिटमा जिताउन सफल भए ।

२०७४ को आमनिर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिटमा विजय हासिल गरेको थियो । जबकि समानुपातिकतर्फ मात्र १७ सिट जित्न सक्यो । समानुपातिकतर्फभन्दा प्रत्यक्षतर्फ दोब्बर सिट जित्नुले पनि एमालेसँगको गठबन्धनबाट सबैभन्दा बढी फाइदा माओवादीलाई भएको देखिन्छ । जबकि प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट जितेको थियो । समानुपातिकतर्फभन्दा नेपाली काँग्रेसले झण्डै आधा कम सिट जित्यो । प्रत्यक्षतर्फ २३ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ ४० सिट जित्यो ।

प्रचण्ड चार्तुयतातपूर्वक कमजोर भइसकेको माओवादीलाई शक्तिशाली बनाए । एमालेसँग एकताको सम्झौता गरे । त्यसमा उनको एमाले कब्जा गर्ने रणनीतिबारे चर्चा चल्यो । नेकपा बन्दा ६०–४० को सम्झौता गरेका थिए । माओवादीले सबै कमिटीहरुमा ४० प्रतिशत हिस्सा पायो । ओलीसहित प्रचण्ड अध्यक्ष बने । सरकारमा पनि माओवादीबाट शक्तिशाली मन्त्रालय सहित उल्लेख्य संख्यामा सहभागिता भयो । आधा आधा सरकारको नेतृत्व गर्ने सम्झौता ओलीसँग गरे ।

प्रचण्डले विस्तारै नेकपाभित्र नियन्त्रण बढाउन थाले । नेकपाभित्रको विवादमा सचिवालयका बहुमत सदस्यहरु प्रचण्डको पक्षमा उभिए । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता हस्तीहरु प्रचण्डको साथमा पुगे । यसमा उनको रणनीतिक चार्तुयता नै कारण थियो । जे जस्तो घटना विकास भएपनि प्रचण्डले चतुरताका साथ सामना गरे ।

नेकपा विभाजन भयो । प्रतिनिधि सभा दुई पटक बिघटन भयो । प्रचण्डले सावधानीपूर्वक परिस्थिति सम्हाले । काँग्रेस सभापति शेरबहादुर देउवासँग पुन: सहकार्य बनाए । विगतमा प्रचण्डले ओलीसँग सहमति बनाएर साथ छाडेकोमा रुष्ट देउवालाई मनाइछाडे । देउवालाई प्रधानमन्त्रीका लागि मनाएर ओलीलाई सत्ताबाट हटाउने सफलता बनाइछाडे ।

प्रचण्डले माओवादीका केही हस्ती गुमाएपनि पछिल्लो समय सहज अवस्थामा छन् । एमालेभित्र औपचारिक विभाजनको अवस्था विकास भइरहेको छ । प्रचण्ड भने नयाँ गठबन्धन निर्माणमा लागेका छन् । माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको गठबन्धन बनाएर सकभर नयाँ दल निर्माणमा जुटेका छन् ।

देउवा प्रधानमन्त्री बन्दा अर्थ र ऊर्जा जस्ता शक्तिशाली मन्त्रालय माओवादीले पाउने गरी प्रचण्डले लाभ लिन सकेका छन् । उनी यतिबेला शक्ति सञ्चयमा लागेका छन् । विचार मिल्ने दलहरुसँग गठबन्धन निर्माणमा लागेका छन् । आगामी वर्ष हुने निर्वाचनका लागि प्रचण्डको अग्रिम तयारी देखिइसकेको छ । माओवादी एक्लैले यसअघिको चुनावमा जति पनि सिट जित्न नसक्ने देखिन्छ । तर, प्रचण्ड अहिलेभन्दा बढी सिट जित्ने गरी रणनीतिक रुपमा बढेका छन् । यसका लागि माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईसहितका नेताहरुलाई समेटेर गठबन्धन बनाउने गरी लागिपरेका छन् । प्रचण्डले रणनीतिक चार्तुयता देखाइरहेका छन् ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा