गुल्मी २८ साउन । गुल्मीमा चट्याङ लागेर घाइते भएकी एक जना महिलाको पनि मृत्यु भएको छ । मालिका गाउँपालिका २ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल घाइते भएकी थिइन् । उनको आज बिहीबार बिहान मृत्यु भएको डीएसपी पाण्डेले बताए । घटनास्थल गुल्मी जिल्लाको सिमाना क्षेत्र हो । प्रहरी टोली जान लागेको उनले बताए ।


























प्रतिक्रिया लेख्नुहोस्:-