२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका खोप केन्द्रमा मुख्यमन्त्रीको अनुमगन

खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन

गण्डकी प्रेस
साउन २६, २०७८ २०:१६ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार
पोखराका खोप केन्द्रमा मुख्यमन्त्रीको अनुमगन
36
SHARES
Share on FacebookShare on Twitter

पोखरा २६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मुख्यमन्त्री पोखरेलले लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग कुराकानी गरे ।

अनुगमनपछि मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्न तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिए । खोप ढुवानीमा समस्या भएको भन्ने गुनासो आएकामा मुख्यमन्त्री पोखरेलले स्थानीयस्तरमा गाडीको प्रबन्ध गरेर पनि केन्द्रसम्म खोप ल्याउन सकिने बताए ।
संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहकालाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरीदिन उनले आम नागरिकसमक्ष अनुरोध गरेका छन् । उनले भने, ‘उमेर समूह अनुसार हामीले खोप वितरण गरेका छौं, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौं, हतार नगरिदिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।’

खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नु परेको गुनासो सेवाग्राहीको थियो । वडा कार्यालयहरुले चेकलिस्ट बनाएर त्यसैका आधारमा नाम टाँसिदिएमा भीडभाड कम हुने सुझाव सर्बसाधारणलले दिएका छन् । खोप केन्द्रहरुमा पुर्‍याइएका खोप कार्ड हराएको र कतिपयले त ती कार्डमा आफैले भरेर दोस्रो डोज भन्दै पहिलो डोज लगाउन लाइनमा बसेको गुनासो समेत गरेका थिए । यसबारेमा तत्काल आवश्यक छानबिन गरी खोप र कार्ड अनियमित गर्नेलाई कारवाहीको दायरमा ल्याउन मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सचिव विनोदविन्दु शर्मा र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई निर्देशन दिएका छन् । उनले जनप्रतिधि अझै जिम्मेबार काम गर्न आग्रह गर्दै स्वास्थ्यकर्मी र स्वयंसेवीको खटाइका कारण कोरोना विरुद्धको लडाइँमा यो अहिलेसम्मको सफलता मिलेको भन्दै हौसला प्रदान गरे ।

अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी थिए ।

स्वास्थ्य सचिव शर्माले सोमबार सुरु भएको यो चरणको खोप अभियान मंगलबार सकिने र त्यसपछि कोभिसिल्डको दोस्रो डोज लगाउन थालिने बताए । दोस्रो डोजको कोभिल्डि १ लाख ५० हजार चाहिनेमा प्रदेशमा १ लाख ४७ हजार डोज आएको छ । उद्योगी व्यवसायी लगायत विभिन्न उमेर समूहका लागि प्राथमिकता अनुसार खोप उपलब्ध गराउन लागिएको सचिव शर्माले बताए । खोप केन्द्रहरुमा खोप ढुवानीका लागि स्वास्थ्य कार्यालयसँग पर्याप्त गाडी नभएकाले समस्या भएको भन्दै सचिव शर्माले स्थानीय समाजसेवीले यसमा सहयोग गरेको भन्दै धन्यवाद दिए । वडा कार्यालय र अन्य ठाउँमा सञ्चालन गर्दा साँघुर हुने र भीडभाड बढ्ने भएकाले सरकारी विद्यालयहरुमा खोप केन्द्र सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL