काठमाडौं २६ साउन । प्रहरी यूएन मिसनमा जाने पूर्व छनोट परीक्षा प्री–स्याटको प्रश्नपत्र बाहिरिएको घटनामा दुई प्रहरीलाई जागिरबाट बर्खास्त गरिने भएको छ ।
छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको हो ।
साइबर ब्यूरोमा कार्यरत हवल्दार शाहको योजनामा यूएन शाखामा कार्यरत परिचर बमलाई प्रयोग गरेको खुलेको थियो ।
यस्तै सो प्रकरणमा ३५ जनालाई कारबाही सिफारिस गरिएको छ । जसमध्ये अधिकांश अधिकृतस्तरका प्रहरी भएको स्रोतले जनाएको छ ।
प्रश्नपत्र बाहिर ल्याउन शाहले बमलाई दिएको एक लाख रूपैयाँ मिनाहा गरिदिएको छानविन समितिलाई बयान दिएका थिए ।
प्रश्नपत्र बाहिरिएको शंका लागेपछि एउटा सत्रको परीक्षा डेढ घण्टा ढिलो गरी शुरू भएको थियो ।
प्रश्नपत्र बाहिरिएपछि सत्यतथ्य छानबिन गर्न मंगलवार प्रहरी नायव महानिरीक्षक डीआईजी वसन्त लामाको नेतृत्वमा एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टरसहितको ६ जनाको टोली बनाएको थियो । युनाइटेड मिसनमा सुपरीवेक्षणको रुपमा जानको लागि लिइएको प्रहरीको आन्तरिक परीक्षा हो ।
प्रहरीले लिएको आन्तरिक परीक्षामा प्रश्नपत्र चुहिएर अन्तर्राष्ट्रिय बेइज्जती


























प्रतिक्रिया लेख्नुहोस्:-