बर्दिया २६ साउन । बर्दियामा ३५ किलो चित्तलको आलो मासुसहित ४ जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई समातेको निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए ।
थापाको भनाइ अनुसार, उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बताए।
पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर(१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ। यद्यपि उनीहरूको परिचय भने निकुञ्जले सार्वजनिक गरेको छैन।
उनीहरूका साथमा अरू पनि तस्करहरू रहेका हुन सक्ने आशंकासहित निकुञ्जले खोजी गरिरहेको जनाएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-