काठमाडौं, २५ साउन । स्याङ्जा, वालिङ नगरपालिका ९ क्याम्पस रोड डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुक बहादुर थापा लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-