काठमाडौं २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सोमबार र मंगलबार आफू पक्षीय जिल्ला सभापतिहरूको भेला गर्दैछन् ।
पार्टीको १४औँ महाधिवेशनलाई लक्षित गर्दै पौडेल समूहले आफू समूहका जिल्ला सभापतिको भेला बोलाएको हो । काठमाडौँको ठमेलस्थित एक होटलमा हुने भेलाको अगुवाइ सोमबार नेता अर्जुन नरसिंह केसीले गर्ने पौडेल समूहका एक नेताले जानकारी दिए ।
मंगलबारको भेलामा भने पौडेल आफैँ उपस्थित हुने ती नेताले बताए ।
भदौमा महाधिवेशन हुने स्थिति नभएपछि पौडेल समूह पार्टी सभापति देउवासँग रुष्ट भएको छ । सोमबार बिहान मात्रै पनि देउवाले नेता पौडेलले सामाजिक सञ्जालमार्फत देउवाको चर्को आलोचना गरेका थिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-