काठमाडौं २४ साउन । नेपालमा थप २५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ९ हजार ३३ जनाको पिसिआर र ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।
तीमध्ये १० हजार ९३ जनाको मृत्यु भएको छ भने ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २ हजार २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-