काठमाडौं २२ साउन । पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै नगद १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई गोकर्णेश्वर नगरपालिका ८ आरुबारीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं माकलबारी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका(१ घर भएका २० वर्षीय आशिष लामा तामाङ र
काठमाडौं महानगरपालिका ७ चावहिल सरस्वतीनगर बस्ने भोजपुर रामप्रसाद गाउँपालिका ७ घर भएका ३० वर्षीय रजिन राई रहेका छन् ।
गते काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ आरुबारी बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका ८ घर भएका १ पुरुषलाई साउन १४ प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको ३ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री गर्ने भन्दै झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-