२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गाग्रीमा पानी वोकेर खान बाध्य हेमजाबासीलाई मन्त्री बरालको पहलमा घरमै धारा

स्थानीयले खुलेरै मन्त्री बराललाई बधाई ज्ञापन

गण्डकी प्रेस
साउन २२, २०७८ १६:१४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
गाग्रीमा पानी वोकेर खान बाध्य हेमजाबासीलाई मन्त्री बरालको पहलमा घरमै धारा
40
SHARES
Share on FacebookShare on Twitter

पोखरा २२ साउन । गाग्रीमा पानी वोकेर खानेपानीको प्रयोग गर्दै आएका पोखरा २५, मुलपानी बाँसवोटका स्थानिय बासि यति वेला निकै खुसि भएका छन्। विगतका बर्ष देखि विभिन्न नप्रतिनिधि, पोखरा महानगर एवं पोखरा २५ वडा कार्यालयले समेत आफुहरुको माग सुनुवाई नभएको अबस्थामा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको पहलमा खानेपानीको परियोजना परेकोले हाल आफुहरुको घर घरमा धारा जडान गरिएको स्थानियले बताएका छन्।

मन्त्री बरालको पहलमा हेमजा बाँस्वोट क्षेत्रमा करिब एक सय घर धुरीमा धारा जडान कार्य करिब ९० प्रतिशत पुरा भएको पोखरा २५ को सिस्नेपारी खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौडेलले बताए । उनले भने “ यस अघि हामीले पिउने पानी लिन कम्तिमा ५ सय मिटर टाडाको दुरीमा गाग्रीमा वोकेरै पानी खानुपर्ने बाध्यता थियो, अब त्यो समस्या हल भएको छ । ” जनतासंगको भेटघाटमा फिल्ड अवलोकन गर्दै मन्त्री बरालले हेमजा बासीको पहिलो माग पिउने पानी भएकोले त्यसको लागि सम्बन्धित निकायसंगको सहकार्यमा आफुहरुले पानी पाउदा आफुहरु हाल निकै हर्सित भएको स्थानिय मिलीजुली आमा समुहका अध्यक्ष सकुन्तला पहारीले बताइन्।

हेमजाबासीको शुक्रबार बधाई ग्रहण गर्दै अर्थ मन्त्री बरालले गत बर्ष पनि खानेपानीको पाइप सुइखेत खोलाले बगाउदा करिब ३ सय मिटर पाइप उपलब्ध गराउन पहल गरेको उल्लेख गर्दै जनताको पहिलो आवश्यकता पुरा गर्न पहल गर्नु आफ्नो कर्तव्य भएको बताए । हेमजावासीको दृण इच्छाशक्ति र जागरणले गर्दा आफ्नो पहलमा भएका कामको जस पाएको उनको भनाई थियो । हेमजावासीको आवश्यकता पुरा गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले बताए । उनले भने“हामी जो कसैले घमण्ड गर्न हुदैन, आज सांसद, मन्त्री हुदैमा त्यो पद सधै रहदा पनि रहदैन हामी जनप्रतिनिधिहरु आफ्नो समय मिलायर जनता सामु गहि राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ । ” जनताको आवश्यकताको आधारमा सम्भव र फुर्सद भएसम्म आफु जनता सामु जाने अन्तरकृया गर्ने गरेको उनले जनाए ।

स्थानियले सुइखेतखोला वारपारको लागि पुल निर्माणको समेत माग गरे पछि मन्त्री बरालले यस बर्ष नपरेको योजना तत्तकाल केही गर्न नसकिने जनाउदै अर्को आर्थिक बर्षमा केही न केही सहयोग गर्ने बताए । त्रिपुरेश्वर महादेवको मन्दीर शिलन्यास तथा खानेपानीको अवलोकन गर्दै मन्त्री बरालले जनतालाई छिटो छरितो ढंगबाट सेवा दिन सके शुसासन हुने भनाई छ ।

खानेपानी डिभिजन गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले यसपाली हेमजाको मुलपानी वाँसवोट क्षेत्रमा हाल एक सय घर धुरीमा धारा जडान भएको बताए । पहिलो चरणमा करिब एक करोडको परियोजनामा उक्त क्षेत्रमा खानेपानीको काम भएको उनले जनाए । माओबादी केन्द्र पोखरा २५ हेमजा वडा कमिटिका अध्यक्ष माधवशरण पौडेलले पोखरा महानगरपालिका कार्यालयबाट यसकार्यकालमा खासै सहयोग नपाएको गुनासो गरे । आगामी निर्वाचनमा जनताको हकहितमा काम गर्ने व्यक्तिलाई जिताउनु पर्ने उनको भनाई थियो । कांग्रेस वडा कमिटिका सभापति मधुसुधन त्रिपाठीले मनत्री समक्ष पुल र मन्दिर निर्माणको लागि सहयोग गर्न आग्रह गरे ।

कालिका टोल विकास संस्थाका अध्यक्ष दीपक थापाले निर्वाचित अधिकांश जनप्रतिनिधिहरु आफ्नो निर्वाचन क्षेत्रमा नआएको अबस्थामा मन्त्री बराल पटक पटक आउदा आफुहरुलाई धेरै भरोसा भएको बताए । स्थानिय बिष्णुप्रसाद पौडेलले हाल आफुहरुको बस्ती नै पहिराको उच्च जोखिममा रहेको बताए । जग्गा दाता प्रेम प्रसाद पौडेलले जनताको आवश्यकता बुझ्ने मन्त्री बराल जस्ता नेताको खाँचो भएको बताए ।

सिस्नेपारी खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार एशोसियसन कास्कीका उपाध्यक्ष दीपक पौडेल, मन्दिर निर्माण समिति अन्र्तगत अर्थ संकलन समितिका संयोजक खगेन्द्र पौडेल, सचिव छवीलाल पौडेल लगायतले उक्त क्षेत्रको बस्ती नै पहिरो, हाइटेन्सन र सुइखेत खोलाको उच्च जोखिम भएको गुनासो गरेका थिए । स्थानियहरुले मन्त्री बराललाई घडा सहित फल मालाले स्वागत तथा बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना समेत गरेका छन् ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL