काठमाडौं २१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ।

नेपालमा आज ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८ हजार ७९ जना र एन्टीजेन परीक्षणबाट ६५ हजार ७८१ जना पुगेको छ।
आज ३७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ। आज १८ हजार ४०८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ जनाको पिसिआर र ३ लाख ४३ हजार ३६१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-