काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारण सभा आज (बिहिबार) पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

सभालेले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश पारित गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) प्रस्ताव गरेको थियो।
कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर जारी पुँजी कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी पुग्नेछ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरुमाथि पनि छलफल गरी पारित गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-