काठमाडौं २१ साउन । पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने भएका छन् । रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उनी उच्च शिक्षाका लागि अमेरिका जान लागेका हुन ।

अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास उच्च स्रोतले जनाएको छ । तथापि, अमेरिकाको कुन विश्वविद्यालयमा उनले अध्ययन गर्न लागेका हुन भन्ने चाहिँ खुलाइएकोे छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-