काठमाडौं २१ साउन । नेकपा एमालेले एमालेकै नेपाल पक्षलाई घुमाउरो शैलीमा ‘अवैधानिक’ भएको जनाएको छ ।

एमालेले बुधवार एउटा विज्ञप्ती जारी गर्दै पार्टीका नाममा पटक–पटक अवैधानिक रूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।
एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी आज साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनु भएको छ ।
यद्यपि, आज बिहिबारका लागि एमालेको माधवकुमार नेपाल पक्षले बैठक आह्वान गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-