पोखरा २० साउन । नेपालमा गाजाँ अबैद्यानिक मानिन्छ । गाजाँलाइ लागुऔषध भनि परिभाषित गरिएको छ । नेपालमा गाजाँ खाए वा साथमा राखे कानुन लाग्छ ।
गाजाँ लागुऔषधै भनेर चाहि होइन् । यसलाइ गलत तरिकाले प्रयोग गर्ने र युवाहरुले सेवन गर्दै विग्रिने भएकाले नै यसलाइ नेपालमा अवैद्य मानिएको हो ।
तर, अमेरिका लगायतको विकसित राष्ट्रमा भने गाजाँ कानुनि रुपमा विक्रि वितरण समेत गर्न पाउँछन् । त्यतिमात्र होइन गाजाँबाट विभिन्न औषधी समेत बनाइन्छ ।
गाजाँबाट लुगा समेत बनाउन सकिन्छ । नेपालमा पनि गाजाँलाइ कानुनि मान्यता दिनुपर्छ भन्दै पछिल्लो समय आवाज उठन थालेको छ । पोखरामा त झन् गाजाँ लागुऔषध होइन भन्दै गाजाँ महोत्सवको समेत आयोजना भयो ।

पोखरा महानगरपालका १८ भकुण्डे भन्दा केही माथी होमस्टेमा आयोजना गरिएको महोत्सवमा ५ वटा स्टल राख्ने योजना थियो । तर उक्त ठाउँमा केही दिन अघिबाट प्रहरी निरिक्षण गरिहेको थियो । महोत्सव स्थल र स्थलको वरिपरीबाट ११ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबाट केही गाँजा बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलबार राती पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर दिपक केसीले यस्ता उनीहरुबाट गाँजा भेटिएको कारण नियन्त्रणमा लिएको बताए ।


























प्रतिक्रिया लेख्नुहोस्:-