काठमाडौं २० साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग गरेकी थिइन् ।
‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, ‘तर उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो ।’
२६ कात्तिक २०७७ देखि कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७७ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-