धनुषा १९ साउन । बटेश्वर गाउँपालिका २ भुईचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट ३० थान कम्प्युटर, २ थान ल्यापटप, २ थान प्रोजेकटर, १ थान कलर प्रिन्टर लगायतका विभिन्न सामान गरी करिब १७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।

उक्त विद्यालयको कार्यालय कक्षको चेनगेटको ताला काटी विभिन्न सामान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी बटेश्वर धनुषाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-