एजेन्सी । जमर्नीको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बरदेखि कोभिड१९ विरुद्धको खोपको तेस्रो डोज लगाउने निर्णय गरेको छ । डेल्टा भेरिअन्टको संक्रमणबढेसँगै बुस्टर डोजुको भनिएको तेस्रो डोज लगाउने तयारी जमर्नीको स्वास्थ्य मन्त्रालयले गरेको हो ।

स्वास्थ्य मन्त्री जेन्स स्पान र १६ वटा क्षेत्रियमन्त्रीहरुबीच सोमबार भएको छलफलपछि प्रतिरक्षा प्रणाली कमजोर भएका, खोपको प्रभावकारीता घटिरहेका र ईच्छुक व्याक्तिहरुलाई तेस्रो डोज खोप लगाउने निश्कर्षमा जमर्नी पुगेको हो ।
जमर्नीले फाइजर र मार्डनाको खोपलाई बुस्टर डोजकारुपमा लगाउने भएको हो । एस्ट्राजेनेका वा जे एन्ड जेको दुवै र एक डोज खोप लगाएकाहरुलाई समेत फाइजर या मोडर्नाको बुस्टर डोज लगाउन मिल्ने छ ।
जे एन्ड जे खोप लगाएकाहरूको हकमा भने बुस्टर डोज दोस्रो मात्रा हुने छ भने, बाँकी खोपको हकमा तेस्रो डोज हुनेछ ।
यस्तै जमर्नीले १२ वर्षभन्दा माथि उमेरसमुहका बालबालिकाहरुलाई समेत खोप उपलब्ध गराउने तयारी गरेको छ । यसअघि इजरेलले पनि आफ्ना नागरिकहरुलाई बुस्टर डोज खोप लगाउनेबारे तयारी एवं छलफल गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-