काठमाडौं १८ साउन। एन्फा प्रवक्ता किरण राइले राजीनामा दिएका छन् ।
मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफुले राजीनामा दिएको बताएका छन् । राइले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए ।
एन्फामा मिल्ने विवाद मन्त्रालयसम्म पुग्न पुगेका कारण त्यो न राम्रो अवस्था आएको बताए । एन्फा अब नराम्रो अवस्थामा पुगेको हुनाले चाँडै चुनावमा जानुपर्ने प्रवक्ताले बताए । उनले एन्फा पदाधिकारीको गतिविधिले खेलाडीमा नराम्रो असर पर्न नहुने बताए ।
पछिल्लो समय पदाधिकारीमा जुन हर्कत भएको छ यो कुरा यहीँ नरोकिँदा नेपाली फुटबलमा ठुलो क्षति हुने राइले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-